लकडाउनका नाममा दुई जिल्ला जोड्ने पुल नै भत्काइयो

चैत, २५ अछाम । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका बेला अछाम र बाजुरा जोड्ने पुलनै भत्काइएको छ । भाइरस फैलिन नदिन भन्दै स्थानीय बासिन्दाले पुलको बीच भागमा भत्काएका हुन् । 

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी र बाजुरा बुढीगंगा नगरपालिका बार्हबिस जोड्ने बुढीगंगा नदी माथीको झुलिङ्गे पुलका भत्काइएको छ । सरकारले लकडाउनमा कडाई गर्न एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाइने निर्णय गरेको छ। त्यसैको प्रभावमा यहाँ पुल भत्काइएको हो ।   

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको बढ्दै गएपछि पहाडी जिल्लामा त्रास बढेको छ । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगिसकेको छ । सबैको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । अर्कोतर्फ भारतबाट आएकाहरुका कारण संक्रमणको जोखिम पनि उत्तिकै छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =