‘घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह’

  

वैशाख ६, काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री ले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। लकडाउनको समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह हुन्।   

उनले सामाजिक सञ्जालमार्फत घर जान प्रदेश ५ भित्र पुगेका नागरिकलाई प्रहरीको सहयोगमा नजिक पर्ने क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरे। उनले त्यहाँ खाने-बस्ने राम्रो व्यवस्था गरिएको समेत बताए। पोखरेलले समाजिक सञ्जालमा लेखेका छन्, ‘घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनुहोला, त्यहाँ खाने–बस्ने व्यवस्था छ।’   

लकडाउनका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आ–आफ्नो घरतर्फ जाने क्रम चलिरहेको छ। विशेष गरी निर्माण क्षेत्रमा रहेका मजदुर बढी समस्यामा परेका छन्। काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरू पैदलै आ–आफ्नो घरतर्फ लागेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *