आज चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ दुई दिनको पूर्वानुमान

चैत २२, काठमाडौं । पश्चिमी स्थानीय वायूको प्रभाव कायम रहेकोले मौसम बदली भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आँशिक बदली रहनेछ भने पूर्वी पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।   

यस्तो छ दुई दिनको पूर्वानुमान :- 

null

चैत्र  २२ गते (शनिबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली भई पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।   

रातीः  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।   

चैत्र  २३ गते (आईतबार) 

दिउँसोः देशका पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आँशिक बदली भई थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।   

रातीः  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *