मोदीले पनि बाले दीप, ट्वीटरमा लेखे यस्तो श्लोक

चैत्र २३, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दीप बालेका छन् । आज (आइतबार) साँझ नौ बजे, नौ मिनेटसम्म उनले दीप बालेका हुन् ।  

उनले दीप बालेको तस्विर ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री मोदीले मात्रै होइन, उनको आग्रहमा आज भारतभर दीप प्रज्वलन गरिएको छ ।  

उनको आग्रह स्वीकार गर्दै आज त्यहाँका राष्ट्रपति, उपराष्ट्रपति सहित देशभरका जनताले दीप प्रज्वलन गरेका हुन् । लाखौँ मानिसहरुले दियो, मैनबत्ती र मोबाइलको लाइट बालेका थिए ।  

मोदीले कोरोना विरुद्धको लडाईमा पुरै देशवासी एक छौँ भन्ने सन्देश दिन खोजेका हुन् । उनको आदेश जनताले माने पनि र एकजुट भए ।  

मोदीको आग्रहमा पुरै देशवासीले दीप जलाउनु भनेको कोरोनाविरुद्धको लडाईँमा भारतमा कोही पनि नागरिक एक्लो छैन भन्ने प्रतिक हो ।  

नेपालमा पनि आज अधिकांश नेपालीहरुले दीप प्रज्वलन गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *