नेकपा सचिवालय बैठक आज

चैत २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   

उनका अनुसार बैठकमा कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल हुनेछ । लकडाउनपछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो । 

सरकारले संकटका बेला एकलौटीरुपमा गम्भीर निर्णयहरु लिन थालेपछि शीर्ष नेताहरुले केन्द्रीय सचिवालय बैठक डाक्न दबाब दिँदै आएका थिए । विशेष गरी चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमा विवाद देखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *