खैरहनीमा १ हजार लिटर अवैध मदिरा नष्ट

चैत २०, चितवन । चितवनको खैरहनीमा रहेको दुईवटा मदिरा भट्टीमा प्रहरीले छापा मारेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ र ८ मा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने दुईवटा भट्टीमा प्रहरीले बुधबार बेलुका छापा मारेको हो ।   

दुईवटा भट्टीबाट प्रहरी करिब एक हजार तीन सय लिटर कच्चा पदार्थ र करिब एक सय ९० लिटर तयारी मदिरा फेला पारेको थियो । खैरहनी २ स्थित लक्ष्मी श्रेष्ठको घरबाट एक सय लिटर तयारी मदिरा र करिब ५ सय लिटर कच्चापदार्थ, खैरहनी ८ स्थित रमा तमाङको घरबाट ९० लिटर तयारी मदिरा र करिब ८ सय लिटर कच्चापदार्थ फेला परेको प्रहरीले जनाएको छ । 

स्थानीय जनप्रतिनिधिहरुको रोहबारमा कच्चापदार्थहरु सोही स्थानमा नष्ट गरिएको र तयारी मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । प्रहरीले मदिरा बनाउन प्रयोग गरिने र भण्डारण गर्ने करिब तिन दर्जन भाडाकुडा समेत नियन्त्रणमा लिएकोे छ ।   

अवैध रुपमा निर्माण गरिएको घरेलु मदिरामा प्लाष्टिक, कुहिएको खानेकुरा लगायतको बस्तुहरु हालेको समेत देखिएको प्रहरी निरिक्षक मगरले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *