कोरोना संक्रमणबाट भारतमा पहिलो पटक एक डाक्टरको मृत्यु

चैत्र २७, काठमाडौं । भारतमा कोरोना भाइरसका कारण पहिलोपटक डाक्टरको मृत्यु भएको छ । भारतको मध्यप्रदेशमा  कोरोना भाइरस(कोभिड १९) का कारण ६२ वर्षीय डाक्टर शत्रुघन पञ्जाबीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।   

उनको भाइरसको कारण बिहीबारबिहान मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्  । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो ।   

यद्यपि भारतमा धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।   

मध्यप्रदेशको इन्दौर शहरमा डाक्टरको मृत्युपछि पूरै प्रदेश आतंकित बनेको छ।  मध्यप्रदेश राज्यको इन्दौरमा मात्रै अहिलेसम्म २१३ जना कोरोना संक्रमित भेटिएका छन् भने मध्यप्रदेशमा ३८१ जना संक्रमित भएका छन् ।   

संक्रमित २१३ मध्ये हालसम्म त्यहाँ २२ जनाले ज्यान गुमाइसकेका छन्।   

स्वास्थ्य विभागका सीएमएचओ डा. प्रवीण जडियाका अनुसार केही दिनअघि मात्रै कोरोना पोजेटिभ देखिएका डा. शत्रुघ्नको उपचार सुरुमा गोकुलदासमा र त्यसपछि सीएचएलमा भइरहेको थियो। उनलाई त्यहाँबाट पनि अरविन्दोन्मा लगिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *