२६४ यात्रु बोकेर आज अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स

चैत्र १९, काठमाडौं । आज (बुधबार) नेपालमा अलपत्र परेका अस्ट्रेलिया र न्यूजील्याण्डका पर्यटकलाई लिएर नेपाल एयरलाईन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्दै छ ।  

आज साँझ ५ः३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो ।  

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । 

नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प हुने भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लैजाने क्रम जारी छ ।  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले मुलुकभर चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना संक्रमितको संख्या बढेपछि चैत्र २५ गतेसम्म लकडाउन लम्ब्याएको हो ।  

नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *