देशभित्रै रोजगारीको अवसर सिर्जना कार्यदल गठन

काठमाडौं । सरकारले कोरोनाका कारण रोजगारी गुमाएका नेपाली युवाका लागि देशभित्रै उद्यमशीलतामा लगाउने तयारी थालेको छ ।   

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित छलफलमा देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने र त्यसका लागि के कस्ता प्रयास गर्ने भन्ने बारेमा छलफल भएको हो ।   

मन्त्री लेखराज भट्टले आयोजना गरेको छलफलमा उद्योग वाणिज्य महासङ्घ, उद्योग वाणिज्य परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत प्रतिनिधिको सहभागिता थियो ।   

उद्योग वाणिज्य तथा आपूर्ति ...

छलफलले कोभिड–१९ का कारण विश्वभरि रहेका नेपाली युवाले रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्न वाणिज्य मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा एक समितिसमेत गठन गर्ने निर्णय गरेको हो । 

समितिमा कृषि तथा पशुपक्षी, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा उद्योगका छाता सङ्गठनका प्रतिनिधि सहभागी रहने कार्यदल गठन गर्ने निर्णय गरिएको हो । नवगठित कार्यदललाई १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न समय दिएको मन्त्री भट्टले जानकारी दिए।   

सो अवसरमा  औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकलाई लकडाउन अवधिको पारिश्रमिक दिने निर्णयसमेत भएको छ । लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगलाई तीन चरणमा वर्गीकरण गरी उद्योग सञ्चालन गर्न उच्चस्तरीय समितिमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *