नोकिया फोनका ग्राहकलाई खुसीको खबर, वारेन्टी अवधि ४५ दिन थपियो

चैत्र २४, काठमाडौँ ।  नोकिया फोनको वारेन्टी अवधि ४५ दिन थपिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण नोकियाले आफ्नो रिपेयर एण्ड रिटन्र्स सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टीमा ४५ दिन थप गरेको जानकारी दिएको छ ।   

कोभिड १९ ले सृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरूमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकवर्गहरुका लागि नोकियाले यो सेवालाई लम्ब्याएको हो । यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरूको वारेन्टीमा लागू गरिएको छ ।   

यदि प्रयोगकर्ताको फोनको वारेन्टी म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ । 

नोकिया मोबाइलको नेपालको लागि आधिकारिक वितरक टेलिटक प्रा. लि. का अनुसार नोकिया फिचर फोनहरू तथा नोकिया सी वान स्मार्टफोन मा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा दिँदै आएको जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =