मोदी भन्छन्– कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैन

चैत्र २१, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् ।  

भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले सो भनाई राखेका हुन् । उनले भने, ‘कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन ।’ 

भिडियो सन्देशमार्फत भारतीय नागरिकलाई गरेको सम्बोधनका क्रममा उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको बताए ।  

महामारीको सबैभन्दा उत्तम उपचारको विधि घरैमा बस्नु रहेको भन्दै उनले सबै सबै नागरिकलाई घरभित्रै रहन आग्रह गरे । 

उनले विश्वको यति ठूलो जनसङ्ख्या भएको देश भारतीयहरु सबैजना घरमा कसरी रहन सकेका छौँ भन्दै यसले विश्वमा धेरै ठूलो उदाहरण पनि प्रस्तुत गरेको धारणा राखे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *