भारतमा एकैदिन थपिए हजार संक्रमित, मृतकको संख्या २४२ पुग्यो

चैत ३०, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कारण भाइरसका कारण भारतमा २ सय ४२ जनाको मृत्यु भएको छ ।   

पछिल्लो विवरण अनुसार भारतमा ७ हजार ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै  एक हजार बढी व्यक्तिमा संक्रमण भेटिएको हो ।   

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार राजधानी दिल्लीमा बितेका २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ, जुन एकैदिन दिल्लीमा भएको उच्च मृत्यु संख्या हो । पछिल्लो २४ घण्टामा १६६ वटा नयाँ संक्रमण पुष्टि भएको दिल्लीमा हालसम्म १ हजार ६९ जनामा संक्रमण भेटिएको छ ।   

शनिबार साँझसम्म १ लाख ६४ हजार ७ सय ७३ जना मानिसको १ लाख ७९ हजार ३ सय ७४ वटा नमुनाको कोरोना परीक्षण गरेको भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्चले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =