‘जो विपन्न छन् उनले राहत महसुस गर्न पाएनन्’

चैत्र २४, विराटनगर । कोरोना भाइरस सङ्क्रमणको त्रास । लकडाउनको अवस्था । त्यसो त हुनेले दैनिक उपभोग्य सामान जोहो गरेर घरैमा सुरक्षित बसेका होलान् । जो नहुने छन् दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन्, उनीहरूको दैनिक जिउने जीवन शैली भने सकस बन्दै गएको छ ।   

जो रिक्सा, ठेला ज्याला मजदुरी गरेर दैनिक कमाइबाट परिवारको भोको पेट भरिरहेका छन् उनीहरूको घरमा चुलो बल्न छोडिसकेको छ । भने उनीहरूले काम गर्न पाएका छैनन् ।   

यहीँ अवस्थालाई मध्यनजर गर्दै विराटनगर १७ का युवा व्यवसायी दिलसाद आलमले व्यक्तिगतरुपमा राहत वितरण गरेका छन् ।   

कोही पनि विपन्न वर्ग भोकमरीको चपेटामा नपरोस् भन्ने उद्देश्यसहित व्यक्तिगत राहत वितरण गर्ने घोषणा गरेको आलमले बताए । उनले लकडाउन अवधिभरि ८० हजार देखि एक लाखसम्मको राहत वितरण गर्ने लक्ष्य राखेका छन् ।   

‘पैसा मरेर लग्ने होइन, कम्तीमा भोको पेट भएकाले दिएको आर्शिवादले नाम जीवन्त रहन्छ’, उनले भने,  ‘राहतको नाममा अलिकति हुने खाने नै अग्रपङ्क्तिमा आइदिनेभएकाले जो विपन्न वर्गका छन् उनीहरूले राहतको महसुस गर्न पाएको छैनन् ।’ 

उनले थपे, सङ्घ,संस्थालाई पैसा जम्मा गर्दा गरिबको हातमा पर्छ या पर्दैन तर आफ्नै हातबाट वितरण गर्न पाउँदा र उनीहरूको मुहार हाँसेको देख्दा मन शान्त हुन्छ ।’ 

पछिल्लो समय राहत बुझ्नका लागि एउटै मान्छे पटक, पटक आएको र दैनिक मजदुरी गर्ने भन्दा पनि अन्य नै आएको पाइएकाले वडाको सिफारिस ल्याएर मात्रै राहत दिने नियम बनाएको उनले बताए । उनी २ दशक देखि विराटनगरमा व्यवसायीक क्षेत्रमा सक्रिय छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =