काठमाडौँ मेरियटले बाल्यो आशाको दीप : अतिथि र कर्मचारीको सुरक्षा सुनिश्चित

चैत्र २७, काठमाडौँ । नक्सालस्थित काठमाडौँ मेरियट होटेलले अतिथिहरू र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त बनेको बेला नेपालमा सरकारले गरेको लकडाउनको घोषणासँगै मेरियट होटेलले कर्मचारी र अतिथिहरूको सुरक्षा सुनिश्चितताका लागि विशेष कदम चालेको हो ।   

यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबिसै घण्टा काम गरिरहेका कर्मचारीहरूको प्रशंसा स्वरूप होटेलले मुटु आकारको चिन्ह अङ्कित गरेको छ । 

नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटेलले पूर्ण क्षमताले काम नगरेको भए पनि यसले होटेलमा पहिले नै बसिरहेका अतिथिहरूको सेवामा यथा सक्दो सहयोग गरिरहेको छ ।   

होटेलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामका उपायहरूको बारेमा पोस्टर र साइनबोर्डहरू राखिएको छ । जसले अतिथिहरू र कर्मचारीहरूलाई शिक्षा दिँदै आइरहेको छ । होटेले अतिथिहरूले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ ।   

कर्मचारीहरूलाई पनि अतिथिहरू कम्तीमा ३ फिटको दुरीमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरू चौबिसै घण्टा उपलब्ध छन् । 

ब्रेन र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौँ बकिङ्ग कम्पनी पनि खुल्ला रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *