हावाहुरी र चट्याङको सम्भावना, सचेत रहन महाशाखाको आग्रह

चैत २८, काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बढली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली रहि पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।   

हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ‘अबको केसह दिनमा ६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।’ 

भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ । उक्त प्रणाली कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ । 

null

चितवन, मकवानपुर, धादिङ, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरका क्षेत्रमा ६२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा उच्च गतिमा हावाहुरी र चट्याङसहित असिना पानीसमेत पर्न सक्ने महाशाखाले बताएको छ । प्रि–मनुसन (मनसुन अवधिअघि)का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *