प्रहरी र चोरी शिकारी गर्ने समूहबीच गोली हानाहान

चैत्र २२, विराटनगर। मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानाहान भएको छ। 

मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न  ३:३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख  विशाल घिमिरेले बताए। 

जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र  सशस्त्र प्रहरीबलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ ९ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले ७ राउण्ड गोली चलाइएको हो। 

घटनामा कोही घाइते नभएपनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा केराबारी गाउँपालिका–८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन्। 

शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिए। पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *