डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन नेविसंघको माग
२०७६ चैत २७ गते

चैत्र २७, काठमाडौं। नेपाल विद्यार्थी संघले डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेको छ। विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न माग गरेको हो।
विदेशमा रहेका विद्यार्थीलाई त्यहाँ रहेका नेपाली दूतावासमार्फत् आवश्यक सहयोग गर्न पनि नेविसंघले सरकारसँग माग गरेको हो। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका नेविसंघलाई अध्यक्ष ढुंगानाले आफ्ना क्षेत्रमा दु:खमा रहेकाहरूलाई सहयोग गर्न आग्रह गरे।
नेविसंघले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै टुलुटुलु हेरेर बस्नु अपराध हुने बताएको छ।
२०७६ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








