नेपाल वायुसेवा निगमको अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

वैशाख ३, काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ। मंगरलबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। उनी पूर्वपर्यटन सचिव हुन्।   

सरकारले घिमिरेलाई नेपाल एयरलाइन्सको कार्यकारी अधिकारसहित अध्यक्षको भुमिकामा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। 

यसअघि उनलाई निगम सुधार कार्यदलको संयोजक बनाइएको थियो। सरकारले यसअघि कार्यकारी अध्यक्षसहित मदन खरेललाई नियुक्त गरेको थियो। उनले गत माघमा राजीनामा दिएका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *