कोरोना भाइरसका कारण बेलायतमा अर्का पूर्वगोर्खा सैनिकको मृत्यु

बेलायत । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । पूर्वगोर्खा चेतप्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका उनी ५८ वर्षका थिए । 

तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका चेतप्रसाद गुरुङको (मंगलबार) साँझ लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो । 

तमुधिँ लण्डन ईकाईका पूर्वअध्यक्ष दीपक (डेविड) गुरुङले चेतप्रसादको निधन भएको जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले पनि चेतप्रसादको निधन भएकोमा दुःख व्यक्त गर्दै गरेका छन् ।   

नेपालमा पर्वत स्थायी घर भएका समाजसेवी गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । उनी १४ दिनदेखि अस्पतालमा उपचाररत थिए ।  

यसअघि कोरोना संक्रमणका कारण बेलायतमा पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको निधन भइसकेको छ । बेलायत यतिखेर कोरोनाको चपेटामा नराम्ररी फसेको छ। बेलायती प्रधानमन्त्री स्वयं अस्पताल भर्ना छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *