कडा बन्दै चितवन प्रशासन


बैशाख ४, चितवत । चितवनमा प्रशासनले लकडाउनलाई कडाई गर्ने भएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको हो ।
चितवनमा अब बिहान १० बजेदेखी ४ बजेसम्म मात्रै खाद्यान्न, तरकारी, डेरी, पशुपंक्षीको दाना बिक्री गर्ने लगायतको पसल खुल्न पाउने छन् । त्यस्तै एम्बुलेन्स, शव बहान, दमकल, खाद्यान्न ढुवानी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सवारीसाधनमात्रै संचालन हुन पाउने छन् । स्वास्थ्यकर्मीले अनिर्वाय रुपमा परिचयपत्र देखाउनुपर्ने र घरबाट आफू कार्यरत स्वास्थ्य संस्था जाने आउने रुटमा मात्रै डिउटी रोस्टरको साथमा सावरीसाधन प्रयोग गर्न पाउनेछन् ।
त्यस्तै संचालन हुन पाउने अनुमति पाएका सावरीसाधन बाहेक अन्यलाई पेट्रोल पम्पमा इन्धनसमेत नदिइने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । लकडाउन उलंघन गर्नेलाई हदैसम्मको कारबाही गरिने शर्माले बताए ।
