प्राइम कमर्सियल बैंकद्वारा कर्णाली प्रदेशलाई ५० थान पीपीइ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुका लागि ५० थान पीपीइ सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत उक्त पीपीइ संघीय संसद जनार्दनशर्मामार्र्फत कर्णाली प्रदेश सरकारलाई सहयोगस्वरुप प्रदान गरेको हो ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले सांसद जनार्दन शर्मा प्रभाकरलाई कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *