स्पेनिस ला लिगा जुन मध्यबाट शुरू गर्ने याेजना

एजेन्सी । विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा अहिले विश्व खेलकुद जगत सुनसान छ । विशेष गरी युरोपियन फुटबल लिगहरुलाई यसले अन्योलमा पारेको छ । ठूलो लगानी गरेका लिगहरु हाल मध्यतिर रोकिएमा धेरै आर्थिक संकट पर्नेछ ।

उसो त फ्रेन्च लिग नहुने पक्का भइसकेको छ । त्यसपछि हुने भनिएका अन्य फुटबल लिगहरु हुने नहुने भन्ने हाल सम्म निर्णय भएको छैन । यस्तो अवस्थामा स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेबासले ला लिगा जुनको मध्यतिर सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् ।

“मलाई विश्वास छ लिग मध्य जुनबाट पुनः सुरुआत हुनेछ । लिग सुरुआत गर्नका लागि अझै केही समय लाग्नेछ । त्यसैले हाल हतार गरिहाल्नु पर्ने अवस्था छैन । हामी ढिला नै सुरुआत गर्ने भएमा २८ जुनबाट गर्नेछौं,” टेवासले मुभी स्टारसँगको कुराकानीमा भने ।

ला लिगाका टोलीहरु छिटै प्रशिक्षणमा आउने योजनामा छन् । उनलीहरुले अबको केही दिनमा प्रशिक्षणमा फर्कने योजना बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *