हसना भास्तिपुरद्धारा चन्द्रागिरी नगरपालिकालाई आर्थिक सहयाेग

काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले चन्द्रागिरी नगरपालिकालाई आर्थिक सहयाेग गरेकाे छ । बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईसका कारण नेपालले बेहाेरिरहनु परेकाे अबस्थामा चन्द्रागिरी विपद् व्यवस्थापन समितिलाई नगद १ लाख ११ हजार ११ सय ११ रूपयाँ हस्तान्तरण गरियाे ।

उक्त रकम सहकारीका अध्यक्ष नारायण कृष्ण महर्जनले चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेका हुन् । हसना भास्तिपुर बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण कृष्ण महर्जनले बिपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकामा बसाेवास गर्ने नागरिकहरूमा राहत मिलाेस भने हेतुले रकम हस्तान्तरण गरिएको बताए । 

कार्यक्रममा बाेल्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले संस्थाबाट प्राप्त सहयाेगकाे उच्च सदुपयोग हुने गरि नगरमा रहेका र महामारीका कारण आईपर्ने जटिल समस्या निवारणका लागि खर्च गरिने बताए । नगरपालिकामा आपत्कालिन अवस्था आएमा चन्द्रागिरी विपद् व्यवस्थापन समिति खडा गरिएकाे र त्यस अन्तर्गत काेष समेत निमार्ण गर्दै दाताहरूले प्रदान गरि सेवामा सहयाेग गर्न आव्हान समेत गर्दै आएकाे नगर प्रमुख गिरीले जानकारी दिए ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले अहिलेकाे विषम अबस्थामा मानविय सेवा र दायित्वबाेद्दकाे रूपमा सवैले आआफ्नाे स्थानबाट सहयाेग गर्ने समय रहेकाे बताए ।

त्यस्तै सहकारीले बलम्बु स्वास्थ्य चौकिलाई तापक्रम नाप्ने थर्मोगन १ थान, कोभीड १९ विरुद्धको अभियान अन्तर्गत मास्क १ बाकस, मिडिया मास्क १ बाकस संस्थागत प्रधान कार्यालय र सेवा केन्द्र मास्क २ बाकस र तापक्रम नाप्ने थर्मोगन २ थान लगायत सामाजिक संघ संस्थाहरूलाई मास्क प्रदान गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *