ब्यवसायको संरक्षणको लागि राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न माग

काठमाडौं । नेपाल हस्तकला महासंघले राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न माग गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट प्रभावित हस्तकला उद्योग ब्यवसायको संरक्षणको लागि नेपाल सरकारबाट राहत प्याकेज सहितको नीतिगत ब्यवस्था गरिनु पर्ने माग गरेको हो ।

महासंघले नेपाल राष्ट्र बैंकबाट समय समयमा ल्याउने मौद्रिक नीति तथा विभिन्न राहत र कर्जाका ब्यवस्थाहरु ठुला तथा मझौला ब्यवसायलाई मात्र केन्द्रीत भई आउने गरेकोले हस्तकला लगायत घरेलु, लघु तथा साना उद्योगलाई सम्बोधन हुने छुट्टै कार्यक्रमहरु ल्याउनु पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । ।

महासंघले ११ लाख भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा राजगारी प्रदान गर्दै आइरहेकोमा कोरोना भाइरसका कारण यो व्यवसाय धरासायी हुने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रि अर्थतन्त्रमासमेत सहोग पुर्याउँदै आएको हस्तकला उद्योग व्यवसायलाई सरकारबाट घोषित लकडाउन पछि समस्या र चुनौती थपिँदै जाँदा उद्यमीहरुलाई जीवननिर्वाह गर्न समस्या पर्ने भएको महासंघले बताएको छ ।

‘असहज परिस्थितिमा यसको उचित निकासका लागि नेपाल सरकारसँग हातेमालो गर्दै राज्यलाई सहयोग गर्न नेपाल हस्तकला महासंघ सदा झै तत्पर रहेको अवगत गराउदै नेपाल सरकारबाट अबिलम्ब निम्न ब्यवस्थाहरु गर्न अति जरुरी भइ सकेको बारे हस्तकलाका उद्यमी, व्यवसायी तथा कलाकारहरुको प्रतिनिधित्व गर्दै आएको छाता संस्था, यस नेपाल हस्तकला महासंघले नेपाल सरकार समक्ष अनुरोध गरिएको छ’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *