बराह क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई ओरेकको राहत

भरतराज शर्मा (गोपाल) सनुसरी । ओरेक नेपाल सुनसरीले जिल्लाको बराहक्षेत्र नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुका निम्ति नगरपालिकालाई राहत सामग्री प्रदान गरेको छ ।

लक्षित वर्गलाई उपलब्ध गराउने गरी बराहक्षेत्र नगरपालिकाको राहत व्यवस्थापन समितिलाई १२ सय ५० केजी चामल, १०० केजी दाल, ५० केजी चना, ५० प्याकेट सरफ, नुहाउने साबुन २०० थान, १०० मिटर कपडा, तेल ५० लिटर र नुन ५० केजी प्रदान गरेको ओरेक नेपालका सुनसरी प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकाले राहत वितरणमा एकद्वार नीति अवलम्बन गरेकाले नगरको राहत व्यवस्थापन समिति मार्फत सामग्री प्रदान गरिएको हो ।

वराहक्षेत्र नगरपालिकाका तर्फबाट राहत सामग्री नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेलले बुझेका थिए ।

बराहक्षेत्र नगरपालिकाका प्रत्येक वडामा रहेका गर्भवती र सुत्केरीको तथ्यांक समेत नगरपालिकाको कार्यलयलाई उपलब्ध गराएको ओरेक सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *