आज चट्याङ र असिनासहित वर्षाको सम्भावना, कहिले सुध्रिएला मौसम ?

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा मौसम सफा हुन अझै केही दिन लाग्ने महाशाखाको अनुमान छ ।

देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
बैशाख १७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १८ गते (विहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १९ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *