छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । झापा, गौरीगंज गाउँपालिका–२ कृष्ण खोला छेउस्थित सडकमा प्र.१-०२-००२ च ५१०१ नम्बरको कार र बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका-५ गोबिन्दपुर बस्ने ३० वर्षीय मो. नुर स्लाम र मोटरसाइकलमा सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै डडेलधुरा, अमरगढी नगरपालिका-७ खस्रेखानस्थित सडकमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १८५० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा बोलेरोमा सवार दार्चुला अपिहिमाल गाउँपालिका-१ बस्ने ४५ वर्षीय सोभान सिंह लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा र बोलेरोमा सवार अन्य २ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

त्यस्तै कैलाली, गोदावरी नगरपालिका-५ मत्स्य पालन केन्द्र नजिक सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००८ प ५९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिवार बिहान दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने १८ वर्षीय पर्वत चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहास्थित सडकमा लु.२ ख ३००२ नम्बरको टिपर र नम्बर प्लेट नभएको स्कुटर एकआपसमा ठक्कर खाई शनिवार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थ नगरपालिका-५ बस्ने ६० वर्षीय तारा चन्द सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =