१० वर्षीया बालिका करणीको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

काठमाडौँ । मकवानपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका-७ सुकौरा न्यौपानेटार बस्ने ६८ वर्षीय सिताराम नेपाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सितारामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका–७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =