हुलाकी सडक र कमला पुल निर्माणको माग गर्दै बहुभाषिक कवि सम्मेलन

काठमाडौं । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र त्यसअन्तर्गतका पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिरहामा आज राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना भएको छ ।

हुलाकी सडक सङ्घर्ष समितिको अगुवाइमा सिरहाको बरियारपट्टीस्थित जनता माध्यमिक विद्यालयमा आयोजित सम्मेलनमा कविहरूले हुलाकी सडक र कमला नदीमाथिको पुलको अवस्थालाई चित्रण गर्दै कविता वाचन गरेका थिए ।

धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माणका लागि स्थानीयवासीले विगत १० वर्षदेखि शान्तिपूर्ण प्रदर्शन, जुलुस, सडक अवरोध, घेराउ, विज्ञप्ति तथा आमरण अनशनलगायता आन्दोलन गर्दै आएका छन् । आज नयाँ शैली अपनाएर उनीहरूले भौतिक संरचनाको माग गरेका हुन् ।

सम्बन्धित निकायलाई नैतिक दबाब दिन कवि सम्मेलन आयोजना गरिएको हुलाकी सडक सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले बताए । हुलाकी सडक र यसका पुलहरूको ‘दशा, दिशा र दुर्दशा’लाई मुख्य विषयवस्तु बनाएर आयोजित सम्मेलनमा झापाका कवि केशव आचार्य, उर्दू भाषाका कवि साहिदा बानो शाहलगायत ५० जना कविको सहभागी थिए । कार्यक्रममा सिरहाका विभिन्न माध्यमिक विद्यालय तथा क्याम्पसका २५ जना विद्यार्थीको पनि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =