पल्लवीको ‘सिरानी’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिममा रहेर गजल साधनामा सक्रिय गजलकार तारा पल्लवीको पहिलो गजल सङ्ग्रह ‘सिरानी’ सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा प्रकाशित सिरानीको आज यहाँ आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गरे ।

म फलाम जस्तो, यो दुनियाँ खिया जस्तो
म खोजी रहेँ न्यानो, आमाको फरिया जस्तो ।

नारी मनका पीडा, संवेदना र विद्रोही चेतनालाई गजलमार्फत अभिव्यक्त गर्ने पल्लवीको सिरानीमा आठ दर्जनभन्दा बढी गजल समावेश छन् । सिरानीको समीक्षा गर्दै रमेश शुभेच्छुले सूक्ष्म विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु पल्लवीको विशेषता भएको बताए । अर्का समीक्षक नारायण गैरेले उनका गजलमा नारी चेतना, प्रतिरोध र सामाजिक यथार्थको प्रभावकारी समन्वय रहेको बताए ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले सुदूरपश्चिम  गजलको उर्वरभूमिका रूपमा उदाएको चर्चा गर्दै तारा पल्लवीजस्ता स्रष्टाले गजल साहित्यको भविष्य उज्ज्वल बनाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =