काठमाडाैंमा रहेका कालिकोट पलाताका मजदुर विद्यार्थीलाई राहत वितरण

काठमाडाैं । लकडाउनका कारणले काठमाडौंमा रहेका कालिकोट जिल्ला पलाता गाउँपालिकाका मजदुर,विद्यार्थीलाई राहत वितरण गरिएकाे छ । राप्रपाका युवा नेता निराजन बमकाे पहलमा उनीहरूलाइ राहत वितरण गरिएकाे हाे ।

काठमाडौमा गलैंचा,कमल र अन्य ब्यापार गरि आफ्नो जिबिकोपार्जन गर्दै आएका करिब २५ परिवारलाई खाद्यान्न राहत वितरण गरिएकाे नेता बमले बताए । नेता बम कालिकोट र पलाताको बिकास निर्माणमा भुमिका निर्वाह गर्दै आएका छन।

२५ परिवारलाई १५ किलाे चामल,१ पाकेट नुन,१ किलाे दाल र १ प्याकेट तेल राहत वितरण गरिएकाे थियाे । उक्त राहत राप्रपाका एनजिओ बिभाग प्रमुख समेत रहेका कुन्ति पोखरेल तथा उनकाे संस्था तारा मन्डल महिला शसक्तिकरणले सहयाेग गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *