बंगलादेशमा गम्भीर बिरामी एक नेपाली विद्यार्थीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बंगलादेशमा गम्भीर विरामी परेकी नेपाली विद्यार्थीलाई आज काठमाडौं ल्याइएको छ । बुद्ध एयरको जहाज चार्टर्ड गरी उक्त विरामी छात्रालाई काठमाडौं ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंमा रहेका परिवारि स्रोतका अनुसार बंगलादेशको ढाकामा गम्भीर विरामी परेकी उनलाई नेपाल ल्याउन सरकारसँग अनुमति लिइएको हो । सरकारसँगको अनुमतिपछि बुद्ध एयरले छात्रालाई बंलादेशको ढाकाबाट काठमाडौं ल्याइएको हो ।

काठमाडौंस्थित परिवारले सरकारसँग रेस्क्यु उडानका लागि अनुमति लिएपछि छात्राको उद्धार गरिएको बुद्ध एयरले बताएको छ । बुद्ध एयरका एक उच्च अधिकारीले भने ‘छात्रा गम्भीर बिरामी रहेको र उनको रेस्क्यू उडान गर्नुपर्ने भएपछि हामीले काठमाडौं ल्याएका हौं ।’

हाल नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *