त्रिनगर सीमा नाकामा सेनिटाइजिङ्ग टनेल स्थापना

अंकुश कुँवर/
धनगढी । कैलालीको त्रिनगर भन्सार नाकामा सेनिटाइजिङ्ग टनेलको स्थापना गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा सीमा नाकामा सेनिटाइजिङ्ग टनेलको स्थापना गरिएको हो ।

सेनिटाइजिङ्ग स्थापना गरिएसँगै भारतबाट नेपाल भित्रिने व्यक्तिलाई टनेलमा सेनिटाइज गरेर भित्रिन दिइनेछ । भारतबाट आयात हुने खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय वस्तुहरु भित्रिने गरिन्छ । ति वस्तुहरु बोकेर आउने सवारीलाई यसअघि नै औषधि छर्केर भित्र्याउने गरिएको थियो । अब त्यसमा रहेका चालक र सहचालकलाई पनि सेनिटाइज गरेर मात्रै नेपाल भित्रिन दिइने नगरप्रमुख नृपबहादुर वडले बताए ।

यसैगरी नेपाल भित्रिने ब्यक्तिको आरडीटी चेकजाँचका लागि पनि छलफल भैरहेकोसमेत नगरप्रमुख वडले जानकारी दिए । ‘नेपाल भित्रिने व्यक्तिको आरडीटी चेकजाँचका लागि उपमहानगरले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘यसका लागि दुबै देशको समन्वय आवश्यक छ, त्यसका लागि पहल गरिरहेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *