कोरोना अस्पतालमा अख्तियारकाे छापा, कागजपत्र नियन्त्रणमा

ध्रुवराज खनाल- चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अख्तियारको प्रदेश कार्यालय हेटौंडाबाट खटिएको टोलीले भरतपुर–१० स्थित अस्पतालको कार्यालयमा छापा मारेर सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले कार्यालयको आर्थिक हिसाब-किताबका फाइल, खरिदका बिललगायत सबै कागजात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा छापा मारेपछि अख्तियार टोली भरतपुर महानगरपालिकाको कार्यालय गएको थियो । त्यहाँ उनीहरुले कोरोना नियन्त्रण कार्यदल प्रमुख भरतपुर महानगरपालिका मेयर रेनु दाहालसँग भेट गरेका थिए ।

उनीहरुले कार्यदलले विभिन्न समयमा गरेको निर्णयपुस्तिका तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

स्टोरबाटै सामान चोरीसंगै आर्थिक अनियमतिता भएको सूचनाको आधारमा अख्तियारले छापा मारेको हो । केही सञ्चारमाध्यमले अस्पतालको स्टोरबाट केही कर्मचारीले सामान पोका पारेर निकाल्दै गरेको सीसीटीभी फूटेजसहित चोरी भएको समाचार प्रकाशन गरेका थिए । साथै, अस्पतालमा अनियमित तवरले लाखौं खर्च गरिएको तथ्य पनि बाहिर आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *