कामना सेवाको सर्वाधिक ब्याजदरसहितको अनलाईन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकले वेबसाइटबाटै सर्वाधिक व्याजदरसहितको अनलाइन खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैशाख १६ देखि यो सेवा सञ्चालनमा ल्याएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

अध्यक्ष आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा डिजिटल माध्यमबाट अनलाईन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको बिमोचन गरेका छन् ।

अब ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्ने बैंकले जनाएको छ । उक्त खाता खोल्ना साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न पनि सक्नेछ बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *