भारतमा २०० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं । भारतकाे नयाँ दिल्लीमा २ सयजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड–१९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

त्यहाँको सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को बिरामी परेको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन् । उनका अनुसार कोरोना उपचारका लागि तोकिएको अस्पतालभन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको हो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *