आज थपिएका दुईजना कोरोना संक्रमितलाई अस्पताल लगिँदै

काठमाडौं । आज थपिएका रौतहटका दुई जना कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल लैजाने तयारी सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (मंगलबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले रौतहटका २४ र ३५ वर्षीया पुरुषलाई अस्पताल लैजान लागिएको जानकारी दिएका हुन् ।

उनका अनुसार संक्रमित दुवै जना भारतबाट आएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । आज दुई जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *