उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटी पक्राउ

कैलाली । प्रहरीले उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई नियन्त्रणमा लिएको छ ।

लकडाउनको समयमा मध्यरातमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएको आरोपमा अध्यक्ष बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजे नै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी उनीविद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *