भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

वृन्दावन नगरपालिका–९ भुसहाका २५ वर्षीय युवक र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि प्रादेशिक अस्पताल जनकपुरमा उनीहरु दुवैको स्वाब नमुना पठाइएको थियो । त्यहाँ भने रिजल्ट नेगेटिभ आएको थियो । पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ हो ।

भारतबाट चाेरबाटाे हुँदै नेपाल प्रवेश गरेका उनीहरु रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्किएका थिए । अहिले खाेजी सुरू गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *