तीन महिनापछि भेटियो हिमपहिरोमा पुरिएका कोरियन नागरिकको शव, दुईको खोजी जारी
२०७७ वैशाख १६ गते

काठमाडौ । तीन महिनाअघि हिमपहिरोमा परी अन्नपूर्ण आधार शिविरमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको समन्वयमा श्री विशेष फौज बाहिनी अनन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको टोलीले कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक कोरियन नागरिकको शव सोमबार फेला पारेको हो ।
खोजका क्रममा हिजो फेला परेको शवलाई आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जानकारी दिएको छ।
गत माघ ३ गते तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तीमध्ये दुई जना नेपाली गाइड र दुई जना कोरियाली पर्यटकको यसअघि नै शव भेटिएको थियो । बाँकी एक नेपाली र एक कोरियालीको खोजी भइरहेको सेनाले जानकारी दिएको छ।
२०७७ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








