पत्रकार गिरफ्तारी प्रती सिडियो र एसपिले मागे माफी 

ध्रुुवराज खनाल-

चितवन । पत्रकारलाई गिरफ्तार गरिएको विषयमा चौतर्फी बिरोध पछि चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले माफी मागेको छ ।

पत्रकारमाथि भएको दूर्व्यवहारको विषयमा जानकारी माग्न पुगेका जिल्लाका पत्रकारहरुसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गल्ती भएको स्वीकार गर्दै गल्ती सच्याउने बताए ।

प्रहरी उपरीक्षक नान्तिराज गुरुङले घटनाको विषयमा माफी माग्दै संलग्न प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामि दिनमा यस्तो अवस्था आउन नदिइने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रहरीले आज विहान भरतपुरको चैबीसकोठीमा समाचार संकलनका लागि पुगेका कायाकैरन दैनिक समाचारपत्रका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारी माथि दूर्व्यवहार गर्दै गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *