काठमाडाैं । कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ प्रतिशत र महिला ३६ प्रतिशत देखिएका छन् । अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ । एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ ।

महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ भने अर्को y – क्रोमोजम हुन्छ । महिलामा हुने त्यो अतिरिक्त x – क्रोमोजोमले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्छ ।

पुरुषमा हुने सेक्स हर्मोन Testosterone ले इम्युन सिस्टमलाई दमन गर्छ भने महिलामा हुने सेक्स हर्मोन estrogen ले इम्युन सिस्टमलाई जम्प गर्छ जसले गर्दा भाइरल संक्रमण रोक्न प्रभावकारी हुन्छ । पुरुषको अन्डकोषमा धेरै ACE2 रिसेप्टर हुन्छन् जसको कारण भाइरस शरीरभित्र पस्ने धेरै सम्भावना हुन्छ ।

त्यस्तै महिला र पुरुषको आन्द्रा र भुँडीमा हुने जीवाणु फरक हुन्छन् । महिलाको आन्द्राभुँडीमा हुने माइक्रो अर्गानिजमले रोगबाट थप सुरक्षा दिन्छ । महिलालाई भन्दा पुरुषलाई मुटुको रोग धेरै हुन्छ । मुटुको रोग कोरोना संक्रमणम सबैभन्दा जोखिम मानिन्छ । महिलाले जस्तो पुरुषले आफ्नो ख्याल गर्दैनन् जसले गर्दा कुनै पनि रोग निको हुन पुरुषलाई बढी समय लाग्छ ।

महिलाभन्दा पुरुषहरु जोखिम ब्यबहार गर्छन् जस्तै: चुरोट खाने, रक्सी पिउने, ड्रग खाने, डिस्को, बार, क्यासिनो जाने तथा घर बाहिरको बाताबरणमा धेरै सहभागी हुने गर्दछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *