ईपीएस पास गरेका श्रमिकलाई दक्षिण कोरिया जान दिईने

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई दक्षिण कोरिया जान दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान सहमति दिने निर्णय गरेको हो ।

ईपीएस पास गरेर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा पनि कोरिया जान दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले जानकारी दिए ।

‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ’, प्रवक्ता खतिवडाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *