अछाममा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

अंकुश कुँवर

अछाम । अछाममा आइतबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीकी २५ वर्षीया अनितादेवी शाहको मृत्यु भएको हो ।

चट्याङबाट सोही ठाउँका सीतादेवी शाह र उनकी ३ वर्षीया छोरी कल्पना घाइते भएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

उनकाअनुसार घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *