टेकुले लिएन पूर्वआईजीपी र दुई सांसदविरुद्धको जाहेरी, बाबुरामले पोखे आक्रोश

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको आरोप लगाउँदै पूर्वप्रहरी महानिरीक्षकसहित दुई सांसदविरुद्ध दिएको जाहेरी काठमाडौँ प्रहरीले लिन अस्वीकार गरेको छ।

आज (आइतबार) सांसद यादव पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सत्तारुढ नेकपाका सांसद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । सांसद यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै दिएको किटानी जाहेरी टेकुले दर्ता गर्न इन्कार गरी घटनास्थल महोत्तरी भएकाले सम्बन्धित जिल्लामा नै जान प्रहरीको सुझाव दिएकाे हाे ।

यादवसँगै जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित सहित पार्टीका अन्य नेताहरु काठमाडौँ प्रहरीकहाँ पुगेका थिए ।

केही अनुसन्धान गर्नुपर्ने र घटना महोत्तरीमा भएकाले दर्ता नभएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पूर्वप्रहरी महानिरीक्षक खनालसहित दुई सांसदले पार्टीको आग्रहमा समाजवादी पार्टी फुटाउनका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लगाउँदै आएको छ ।

यस्तोमा प्रहरीले उजुरी लिन नमानेपछि पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका नेता बाबुराम भट्टराईले आक्रोश पोखेका छन् । उनले ट्वीटरमार्फत् आक्रोश पोखेका हुन् ।

नेता भट्टराईले लेखेका छन्– ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *