मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्‍यो, आन्तरिक छलफल जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक ५ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठकमा गरिने निर्णयका विषयमा छलफल भने जारी छ ।

लकडाउन लगायतका विषयमा आजको बैठकले निर्णय गर्दैछ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमबार सकिँदै छ। चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको शनिवारको बैठकले लकडाउन तत्काल हटाउन नसकिने सुझाव दिएको थियो । आजको बैठकले जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *