महाकालीमा बगेकी महिलाको जिवितै उद्धार, अवस्था गम्भीर

दार्चुला प्रहरीले महाकाली नदीमा बगेकी एक महिलाको जीवितै उद्धार गरेको छ ।

व्यास गाउँपालिका वडा नम्बर १ छाङरु घर भई महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा माइती घरमा बस्ने ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले आज बिहान जिवितै उद्धार गरेको हो । उनी नदीमा खसेकी हुन वा हाम्फालेकी हुन भन्ने खुलेको छैन ।

नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए । ती महिलालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताए । ‘अझै गम्भीर अवस्थामा हुनुहुन्छ’, उनले भने,  ‘समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *