श्रीमतीकाे हत्या गर्ने युवककाे बयानः ‘आवेगमा आएर हानेँ, उनको तत्काल मृत्यु भयो’

काठमाडौं । भारतको दिल्लीस्थित मादिपुरमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेको खबर सार्वजनिक भएको छ । शनिबार ती युवक पक्राउ परेसँगै हत्याको घटना सार्वजनिक भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार आरोपित स्वयंले प्रहरीलाई फोन गरेर घटना बारे जानकारी दिएका हुन् । उनले शनिबार बिहान साढे ३ बजे फोनमार्फत् घरायसी झगडाका कारण आफूले पत्नीको हत्या गरेको बताएका हुन्।

हिन्दुस्तान टाइम्सले प्रहरी अनुसन्धानमा ती युवकले दिएको बयान उद्धृत गर्दै भनेको छ– ‘आवेगमा आएर हानेँ । उनको तत्काल मृत्यु भयो ।’

दिल्लीमा कोरोनाको उच्च जोखिममा रहेका ९५ स्थललाई रेड जोन घोषणा गरिएको छ। घटना भएको क्षेत्र पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । नियन्त्रित क्षेत्रमा पालना गरिनुपर्ने निर्देशिका अनासार प्रहरी तत्काल घटना स्थलमा पुगेन र ती युवक कन्टेन्मेन्ट जोनबाट बाहिर आएपछि उनलाई पक्राउ गरी आइसोलेसनमा पठाइएको बताइएको छ ।

पंजावी बाघ स्टेसनका प्रहरीले उनीसँग घटना र घटनास्थल बारे थप बयान लिई मृतकको शव परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। युवतीमा कोरोना संक्रमण देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *