भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८२४ पुग्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय २४ पुगेको छ भने २६ हजार ४ सय ९६ जना संक्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ जना मृत्यु भएको छ भने २ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ ५ हजार ८०४ जना संक्रमित निको भएर फर्किएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *