बागलुङकी १९ वर्षीया युवतीले जितिन् कोरोना

काठमाडौं । कोरोना संक्रमित बागलुङकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन् । पाँचौं कोरोना संक्रमित ती युवती एक महिना लामो आइसोलेसन बसाइपछि निको भएर घर फर्किएकी हुन् ।

उनको स्वाब परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि शुक्रबार राति अस्पतालबाट डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए । त्यसअघि चारपटकसम्म उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन् । घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *